अफगानिस्तानमा पूर्व सांसदलाई घरैमा गोली हानी हत्या


२ माघ २०७९, सोमबार

काठमाडौं । अफगानिस्तानमा पूर्व सांसदको गोली हानेर हत्या भएको छ । राजधानी काबुलमा रहेको आफ्नै घरमा पूर्व सांसद मुर्सल नाबिजादामाथि गोली प्रहार भएको थियो ।

घरमा प्रवेश गरेका बन्दुकधारीको समूहले उनको अङ्गरक्षकलाई गोली हाने लगत्तै उनको हत्या गरेका थिए । घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका बीबीसीले जनाएको छ ।

३२ वर्षकी मुर्सल नाबिजादा ती महिला सांसदमध्ये एक थिइन् । जसले तालिबान सरकारमा फर्किदा पनि देश छोडेकी थिइनन् । उनी सन् २०१८ मा सांसद बनेकी थिइन् । उनी संसदीय रक्षा आयोगकी सदस्य एवम् मानव संशाधन विकास संस्थानमा रहर काम गर्थिन् । अफगानिस्तानका लागि सांसद रहेका नाबिजादालाई तालिबान सरकारले सन् २०२१ मा पदच्यूत गरेको थियो । काबुल प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७