बालकोटमा प्रचण्ड-ओलीबीच पाँच घण्टा वार्ता, मन्त्रालय भागबण्डा आजै टुङ्गिने दावी


२ माघ २०७९, सोमबार
prachanda kp oli

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने दावी गरेका छन् । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच घण्टादेखि वार्तामा रहेका उनले मन्त्रालय भागबण्डा आजै टुंगिने बताएका हुन् । ओली–प्रचण्डबीच पाँच घण्टा लामो वार्ता भएको हो ।

ओली निवास बालकोटबाट बाहिरिँदै गर्दा उनलाई पत्रकारहरुले ‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’ भनेर सोधेका थिए । जवाफमा प्रचण्डले आजै टुंगिने जानकारी दिएका छन् । ‘सभामुख र राष्ट्रिपतिका विषयमा के हुन्छ’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘विश्वासको मत दिन सबै पार्टीसँग भोलि छलफल छ ।’

प्रधानमन्त्री प्रचण्डले हिजो (आइतबार) साँझसम्ममा नै मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए । यद्यपि पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएसँगै प्रचण्डका सबै औपचारिक कार्यक्रमहरु रद्द भएका थिए । त्यसपछि आज बिहानबाटै प्रचण्ड छलफलमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७