संसदमा नउठ्दैमा मधेशका शहीदको अपमान गर्‍यो भन्न मिल्दैन : राजेन्द्र लिङ्देन


७ माघ २०७९, शनिबार
Rajendra lingden 3 scaled

काठमाडौं । राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले इन्दिरा रानामगरलाई उपसभामुख पदमा समर्थन गर्न पाएकामा खुशी लागेको बताएका छन् ।
रानाको समर्थक रहेका लिङ्देनले उनलाई देश र अन्तर्राष्ट्रिय जगतले चिनेको र संसदमा आफूले सबैभन्दा नजिकबाट चिनेको जिकिर गरे ।

‘सबैभन्दा बेसी कसैले चिनेको छ भने मैले चिनेको छु । एउटा भुईंमान्छे, जसले आफ्नो समाज, देशको नाम राख्ने काम गरेको छ । समाजसेवामा आफूलाई समर्पित गरेको छ’, आज (शनिबार) प्रतिनिधिसभा बैठकमा उनले भने, ‘उपसभामुखमा समर्थन गर्न पाउनु असाध्य खुशीको कुरा हो ।’

उनले अघिल्लो संसदमा सांसद सीके राउतको प्रस्तावमा नउठेको भन्ने विषयमाथि प्रष्टीकरण पनि दिएका दिए । उनले कि सभामुखको रुलिङ हुनुपर्ने वा प्रधानमन्त्री उठेको हुनुपर्ने भन्दै त्यसरी प्रचार नगर्न आग्रह समेत गरे । लिङ्देनले ५ माघमा सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने बताएका छन् ।

उनले संसदमा सभामुख बाहेक अरु कसैको रुलिङ नचल्ने बताए । उक्त दिन संसदमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनका शहीदको सम्झनामा सबैलाई उठेर मौन धारण गर्न आग्रह गरेका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका कतिपय उठेका थिएनन् । तर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र कतिपय सांसद उठेका थिए । राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले उक्त दिन नउठ्दैमा मधेश आन्दोलाका शहीदको सम्मान नगरेको अर्थ लगाउन नमिल्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७