बहुमत कसैको छैन, हाहाहुँहुँ गर्‍यो कि मन्त्री : अध्यक्ष ओली


२४ बैशाख २०८१, सोमबार
kp oli 1.jpg 1

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको अंक गणितका कारण अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन् । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताए ।

उनले भने, ‘अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन् । बहुमत कसैको छैन । यसलाई मिलाऊ कि त्यसलाई मिलाऊ भन्दा को मन्त्री पर्छ पर्दैन भन्ने बेला छ । अहिले एउटा प्रवृत्ति छ, पुरानो त्यागको अवमूल्यन मात्रै होइन त्यसलाई अपमान गर्ने, त्याग र बलिदानको अपमान गर्न खोज्ने, योगदानलाई नकार्न खोज्ने प्रवृत्ति देखिएको छ । आन्दोलन र देशमा विभिन्न प्रवृत्ति पैदा भइरहन्छन्, समय समयमा ।’

हावाहुरी र असन्तुष्टिले ल्याउने प्रवृत्तिहरू यस्ताबाट प्रभावित नभई आफ्नो गन्तव्यतर्फ एमाले अघि बढेको जिकिर गरे । उनले पुराना दल र नेताको त्यागलाई कसैले अवमूल्यन गर्न नहुने बताए । ‘अहिले एउटा प्रवृत्ति चलेको छ, पुरानो त्यागका दिन अवमूल्यन मात्रै होइन अपमान गर्ने । एउटा भुँइफट्टा वर्ग छ मन्दिर भत्काउन खोज्ने, त्याग बलिदानको अवमूल्यन गर्न खोज्ने, नकार्न खोज्ने, परिवर्तनमा केही अर्थ थियो भन्ने कुरा बिर्सन खोज्ने, यद्यपि त्यस्तो प्रवृत्ति छाडौँ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७