सबैले ‘कम्फर्टेबल’ राष्ट्रपति खाजेका छन्, अबको लडाईं राष्ट्रपतिमा हुन्छ : चित्रबहादुर केसी

‘उपसभामुखको अधिकार के हुन्छ र कृत्रिम बखान गरेको ?’


७ माघ २०७९, शनिबार
chitra bahadur kc

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अबको लडाईं राष्ट्रपति पदमा हुने बताए । आज (शनिबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै उनले अहिले दलहरु ‘कम्फर्टेबल’ राष्ट्रपति, सभामुख खोजेको बताए । कम्फर्टेब राष्ट्रपति र सभामुख खोज्दा स्वतन्त्र कार्य सम्पादन नहुने दावी गरे ।

सांसद चित्रबहादुर केसीले उपसभामुख पदमा उम्मेदवार बनेका उम्मेदवारहरूको दलका नेताहरूले कृत्रिम बखान गरेको भन्दै कटाक्ष गरेका छन् । आज (शनिबार) प्रतिनिधिसभा बैठकमा उनले उपसभामुखसँग अधिकार धेरै नहुने भन्दै कृत्रिम बखान गरेर फाइदा नहुने बताए ।

‘दुई महिला उम्मेदवार हुनुहुन्छ । सम्बन्धित पार्टीका कुरा सुन्दा उहाँहरू सभामुखको उमेदवार जस्तो देखिनु हुन्छ । यति साह्रै बयान, बखान गर्नेले सभामुखको चुनाव किन गराएको ?’, उनले प्रश्न गरे, ‘अहिले पनि नेपाल पितृसत्तात्मक मुलुक हो । महिलाहरू व्यवहारमा दोस्रो दर्जाको मानिन्छ । मुखमा जतिसुकै काउलो लगाए पनि सभामुख किन नउठाएको ? अहिले जो तािरफ र बखान यो कृत्रिम बखान हो । आखिर के अधिकार हुन्छ, हामीले देखेको छ नि ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७