अन्तरीक्ष यात्री एड्रिनले ९३ औं जन्म दिनमा गरे चौंथो विवाह


७ माघ २०७९, शनिबार
adrin

काठमाडौँ । विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले आफ्नो ९३ औं जन्मदिनको अवसरमा चौंथो विवाह गरेका छन् । लामो समयदेखि प्रेमिका रहेकी एन्क फाउरसँग उनले विवाह गरेका हुन् । फाउर ६३ वर्षको छिन् ।

एड्रिन निल आर्मस्ट्रङसँगै चन्द्रमा अवतरण गर्ने दोस्रो व्यक्ति हुन् । अमेरिकी सञ्चार माध्यमहरुले सानो निजी समारोहमा एड्रिनको विवाह भएको जनाएका छन् । एड्रिनले यसअघि तीन जनासँग विवाह गरिसकेका थिए । तर उनीहरूसँग पारपाचुके भइसकेको छ ।

उनीहरूबाट एड्रिनका तीन सन्तान छन् । विवाहको बारेमा ट्वीट गर्दै उनले आफू किशोर अवस्थामा पुगेको भन्दै किशोर प्रेमीको जस्तै अनुभव भएको बताएका छन् ।

एड्रिन सन् १९६९ मा एपोलो इलाभेन यानमा चन्द्रमा पुगेका थिए । आर्मस्ट्रङसँग चन्द्रमा पाइला टेकेका उनी १९७१ मा अन्तरीक्ष यात्रीबाट सेवा निवृत हुनुअघि १२ दिन अन्तरीक्षमा बिताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७