ब्राजिलका सेनाका प्रमुख जुलियो बर्खास्त


८ माघ २०७९, आईतवार
brajil sena pramukh

काठमाडौं । ब्राजिलका सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडा बर्खास्त भएका छन् । ब्राजिलमा यहि जनवरी ८ तारिखमा भएको संसद भवन, राष्ट्रपति भवन तथा सर्वोच्च अदालतमाथिको आक्रमण रोक्न प्रभावकारी भूमिका निभाउन नसकेको आरोपमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सेना प्रमुख अरुडालाई बर्खास्त गरेका हुन् ।

गत डिसेम्बर ३० मा सेनाको कमाण्ड सम्हालेका सेना प्रमुख अरुडालाई ३ हप्तामै पदबाट हटाइएको हो । राष्ट्रपति लुइजले सशस्त्र बलका सदश्य र प्रदर्शनकारीहरुसँग मिलेर देशमा हिंसा भड्काएको आरोप लगाउँदै यसअघि पनि थुप्रै उच्च पदस्थ अधिकारीहरुलाई बर्खास्त गरिसकेका छन् ।

ब्राजिलको सर्वोच्च अदालतले संसद भवनमाथिको आक्रमणको बारेमा छानविन गरिरहेको छ । जसमा पूर्व राष्ट्रपति बोल्सो नारोलाई मुख्य योजनाकार मानिएको छ । गत अक्टोबरमा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै बोल्सोका समर्थकले राजधानी ब्रासिलिया लगायत अन्य शहरहरुमा प्रदर्शन जारी नै राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७