सोमालियाको सरकारी भवनमा बम आक्रमण : पाँचको मृत्यु, १६ घाइते


९ माघ २०७९, सोमबार
somaliya

मोगादिशु । सोमालियाको राजधानी मोगादिशुको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जना मानिसको मृत्यु भएको छ ।
सोही आक्रमणमा परी १६ जना घाइते भएका हुन् ।

सोमालियाको बिद्रोही समूह अल सबाबका आक्रमणकारीहरुले मोगादिशुमा रहेको मेयरको कार्यालयमा प्रवेश गरी सुरक्षाकर्मीमाथि बम प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो । बम आक्रमण भएपछि आतंकवादीहरु भने फरार भएका छन् ।

सोमालिया सरकारले देशको दक्षिणी क्षेत्रमा अल सबाबविरुद्ध गरिरहेको कारबाहीको बदलामा विद्रोहीले पनि प्रतिआक्रमणलाई तीब्रता दिंदै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७