टोटनहमको जितमा केनको कीर्तिमानी


१० माघ २०७९, मंगलवार
totanhum

लन्डन । इङलिस स्ट्राइकर ह्यारी केनले सोमबार टोटनहमका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन् । उनको यो कीर्तिमानीसँगै निर्णायक गोलको मद्दतले इङलिस प्रिमियर लिगमा टोटनहमले फुलहमलाई १–० गोलान्तरले पराजित गरेको छ ।

जितले टोटनहम शीर्ष चार स्थानका साथ तीन अंकको दूरीमा रह्यो । केनले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेका थिए । यो टोटनहमका लागि उनले गरेको २ सय ६६औं गोल रह्यो । उनले गोल कीर्तिमानमा दिवंगत भइसकेका जिम्मी ग्रेभ्सको बराबरी गरेका हुन् ।

केन आफै पनि अहिले लयमा छन् र यो सिजन लिगमा १५ गोल गरिसकेका छन् । लिगमा भने उनको गोल संख्या १९९ पुगेको छ । टोटनहम भने अहिले तत्काल पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७