शेयर बजार दोहोरो अंकले वृद्धि, झण्डै साढे तीन अर्बको कारोबार


११ माघ २०७९, बुधबार
share Up.

काठमाडौँ । शेयर बजार आज (बुधबार) दोहोरो अङ्कले वृद्धि भएको छ । आज शेयर बजार परिसूचक नेप्से १० दशमलव ३७ अङ्कले बढेर दुई हजार १८३ दशमलव ६२ अङ्कमा पुगेको छ ।

आज बैंक, फाइनान्स र अन्य समूह बाहेक सबै समूहको शेयर बढ्दा बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । दुई सय ६१ वटा कम्पनीका ९५ लाख कित्ता शेयर तीन अर्ब ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै नेशनल हाइड्रोपावरको १० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, आदर्श लघुवित्त, सानिमा जिआइसी इन्स्युरेन्स र सूर्यज्योली लाइफ इन्स्युरेन्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आरुबीबी म्यूचुअल फण्डको शेयर पाँच प्रतिशत भन्दा धेरै र जानकी फाइनान्स तथा पिपुल्स हाइड्रोको शेयर तीन प्रतिशत भन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७