सुर्खेतको पञ्चपुरीका लेखा अधिकृतसहित चार जनाविरूद्व भ्रष्टाचार मुद्दा


११ माघ २०७९, बुधबार
Akhtiyar

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृतसहित चार जनाविरूद्व भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत मोहनबहादुर बुढासहित होटल सञ्चालक र अन्य दुई कर्मचारीले कसुर गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल राम्जाली, नगरपालिकाका अधिकृत छैठौं लालबहादुर सुवेदी, शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेको आरोप छ । उनीहरुविरुद्ध दुई लाख ६२ हजार ५०२ रुपैयाँ बिगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७