स्पेनका राजदूतबाट युएनडब्लुटिओ समक्ष ओहदाको प्रमाणपत्र पेश


१२ माघ २०७९, बिहीबार
sharmila parajuli dhakal

काठमाडौं । स्पेनका लागि नेपालकी राजदूत डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) का महासचिव समक्ष बुधबार आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन् ।

स्पेनको राजधानी मड्रिडस्थित विश्व पर्यटन संगठनको मुख्यालय पुगेर राजदूत ढकालले संगठनका महासचिव जुरब पोलोलिखास्भीली समक्ष शिष्टाचार भेट गरी आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी हुन् । सो अवसरमा राजदूत ढकालले विश्व पर्यटन संगठनप्रति नेपालको पूर्ण समर्थन जनाउँदै विश्व पर्यटनलाई ठोस आकार दिन संगठनले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

यस्तै आगामी मार्च १५ देखि १७ तारिखसम्म संगठनले काठमाडौंमा क्षेत्रीय प्राविधिक कार्यशाला आयोजना गर्न लागेको प्रति पनि राजदूत डा. ढकालले कृतज्ञता व्यक्त गरिन् । विश्व पर्यटन संगठनका महासचिव पोलोलिखास्भीलीले नेपालसँगको हार्दिक सम्बन्धप्रति सन्तुष्टी जनाउँदै संगठनले नेपाललाई दिँदै आएको सहयोग जारी राख्ने आश्वासन दिए ।

सो अवसरमा नेपालको पर्यटन विकास र प्रवर्द्धनको सम्भावनाबारे छलफल समेत भएको थियो । संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनमा हाल विश्वका १६० मुलुक पूर्ण सदस्य रहेका छन् भने नेपाल संस्थापक सदस्यमध्येको एक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७