राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुन्छ : नेता कोइराला


१३ माघ २०७९, शुक्रबार
49 Shares
sashanka 1 768x482 1

नवपरासी । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । आज (शुक्रबार) यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उनले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको उनको भनाइ थियो । नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुने विश्वास व्यक्त गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राष्ट्रिय सहमति बनाउन संसद्को ठूलो दल कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाले पनि अबको राजनीति राष्ट्रिय सहमतिको बाटोमा गएको उनको भनाइ थियो ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७