सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार


१६ माघ २०७९, सोमबार
sunrise shakha22 ECYeQMcrkF

रुपन्देही । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बिस्तार गर्दै आएको छ ।

सोही क्रममा बैंकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिक–३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका–६, गुलरा र कावासोती नगरपालिका–१, हिमाल चोक, नवलपरासी (ब.सु.पू) मा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०० पुगेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । सनराइज बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७