मालपोतमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरीबाट पाँच जना पक्राउ

महोत्तरी । भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मटिहानी नगरपालिका–९ का ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ का ३५ वर्षीय रोशनकुमार यादव, जलेश्वर नगरपालिका–१ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका–४ का ५४ वर्षीय सुरेश गोप तथा बलवा नगरपालिका–१० का ३८ वर्षीय अमितकुमार मल्लिक रहेको जिल्ला प्रहरी कार्यालयका महोत्तरीले जनाएको छ ।
उनीहरुले भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि प्रलोभन देखाइ पैसा बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।