पीएसजीको रोमाञ्चक जित, एम्बाप्पेको दुई पेनाल्टी ‘मिस’


१९ माघ २०७९, बिहीबार
Mbappe Mb1mQhCcSh

काठमाडौँ । मोन्टपेलियरविरुद्ध रोमाञ्चक जित हात पार्दै पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग १ मा ५ अंकको अग्रता बनाएको छ ।

बुधबार राति भएको खेलमा मोन्टपेलियरलाई ३–१ ले हराउँदै शीर्ष स्थानको पीएसजीले २१ खेलबाट ५१ अंक बनाएको हो । दोस्रो स्थानको मार्सेलीको ४६ अंक छ । पीएसजीको जितमा लियोनल मेस्सीले गोल गर्दा केलियन एम्बाप्पे भने पेनाल्टीमा चुके ।

खेलका क्रममा घाइते भएपछि एमबाप्पे २०औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । एम्बाप्पेले खेलमा दुई पेनाल्टी मिस गरे । खेलको आठौं मिनेटमा एम्बाप्पेको पेनाल्टी प्रहार मोन्टपेलियरका गोलरक्षकले बचाए । दोस्रो पटक पनि पेनाल्टी अवसर दिँदा एम्बाप्पे चुके ।

गए राति भएको खेलमा नान्टेसलाई २–० ले हराउँदै मार्सिले अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । नाइससँग १–० ले पराजित भएको लेन्स तेस्रो स्थानमा झ¥यो । दोस्रो स्थानको मार्सिलेको ४५ अंक छ । समान खेलबाट लेन्सको ४५ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७