सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश फुयालको बेञ्चमा


२० माघ २०७९, शुक्रबार
sandeep lamichhane

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । लामिछानेको मुद्दा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्नु पर्ने माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले माघ १७ मा सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यबिधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ । यसअघि उच्च सरकारी वकिलको कार्यालयले सर्वोच्चमा जानुपर्ने राय महान्यायाधिवक्ताको कार्यालयलाई दिएको थियो ।

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर छुटेका थिए । उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले शर्त सहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७