सत्ता गठबन्धनभित्रैबाट राष्ट्रपति बन्छ : उपमहासचिव गुरुङ


२२ माघ २०७९, आईतवार
prithivi subba
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताएका छन् ।

उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे ।

उपमहासचिव गुरुङले भने, ‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि । गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो । त्यसैमा राष्ट्रिय सहमतिको खोजी गर्ने हो सकभर । राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ नि । राष्ट्रपति एमाले भित्रै छ नि । मेरो नाम चर्चामा आएपनि राष्ट्रपतिको दौडमा म भने छैन ।’ उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा काँग्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७