चार प्रदेशमा हिमपातको सम्भावना


२४ माघ २०७९, मंगलवार
Snowfall jajarkot scaled

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण आज (मंगलबार) केही प्रदेशमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको हो ।

आज (मंगलबार) बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा अहिले हुस्सु-कुहिरो लागिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । विभागले प्रदेश–१, वाग्मती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका भू–भागमा बिहानीपख हुस्सु लागेकाले दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७