पात्लेखर्कमा खेल मैदान निर्माण


२७ माघ २०७९, शुक्रबार
ground
फाइल फोटो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुर्गम बस्ती पात्लेखर्कमा खेल मैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगङ्गा गाउँपालिकाको सहयोगमा खेल मैदान निर्माण गरेको हो ।

चालु आर्थिक वर्ष २०७९÷८० मा रघुगङ्गाले विनियोजन गरेको रु १० लाख बजेटमा जनश्रमदान समेत जुटाएर भलिबल र बास्केटबलको कोर्ट ढलान गरी खेल मैदान निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अङ्कित पुनमगरले जानकारी दिए । ‘पहिले कच्ची खेल मैदान थियो, यस पटक मैदानलाई ढलान गरी तयार गरेका हौँ, अब भलिबल र बास्केटबल खेल्न सहज भएको छ’, पुनले भने ।

खेल मैदान तयार भएपछि अभ्यास गर्न सहज भएको सप्तऋषि युवा क्लबका अध्यक्ष विवश फगामीले बताए । ‘बालबालिकादेखि युवामा रहेको खेल प्रतिभाको विकास गराउन सहज भएका छ’, उनले भने ।

३० परिवारको बसोबास रहेको पात्लेखर्कमा निर्माण गरिएको खेल मैदानलाई नजिकैको जनसुन्दर आधारभूत विद्यालयले समेत प्रयोग गर्नसक्ने क्लबले जनाएको छ । खेल मैदानमा घेरबार समेत गरिएको छ । खेलकुद प्रतियोगिता र स्थानीयस्तरमा मेला सञ्चालनका लागि स्टेज निर्माण गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७