बझाङ उपनिर्वाचन : एकीकृत समाजवादीको धरौटी जफत


१७ बैशाख २०८१, सोमबार
bajhang dil

बझाङ । विजयी हुने दाबीसहित बझाङको प्रदेशसभा उपनिर्वाचनमा उत्रिएको नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ । बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३२८ जनाले मतदान गरेका छन् । तीमध्ये २९ हजार ७०४ मत सदर भएको थियो ।

बझाङमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २,५१५ मत पाएका छन्। सिंह नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज हुन् सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ । बझाङमा एमाले निर्वाचित हुँदा कांग्रेस र माओवादी केन्द्र बाहेक सबै पार्टीको धरौटी जफत भएको छ । यहाँ ११ दलका ११ जना चुनावी प्रतिष्पर्धामा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७