किराँत धर्मगुरू लिङदेनको वडामा थेगिमलाई ‘एकलौटी’ मत, अरु कसलाई कति ?


१७ बैशाख २०८१, सोमबार
guru vot 1

इलाम । किरात धर्मगुरु आत्मनन्द लिङदेन र गुरूआमा पवित्रहाङमाको वडामा पहिचानको नारासहित चुनावी मैदानमा रहेका मुढा चिन्हका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमको पक्षमा ‘एकलौटी’ मत खसेको छ ।

धर्मगुरू र गुरूआमाको मतदान केन्द्र वडा नम्बर ५ मा ८८ प्रतिशत मत खसेको छ । वडा नम्बर ५ मा भने मुढाले १,०३२ मत प्राप्त गर्‍याे । यहाँ एमालेले ६९ र कांग्रेसलाई ४९ मत गएको छ । अन्य वडामा भने मुढाको उपस्थिति कमजोर देखिएको छ । गाउँपालिकामा मुडा चिह्नमा थेगिमले २,६३९ मत पाए ।

वडा नम्बर १ मा कांग्रेस अघि छ । १ मा थेगिमले ३७२ मत मात्र पाएका छन् । कांग्रेसले ४३६ र एमालेले ४११ मत प्राप्त गरेको छ । वडा नम्बर २ मा थेगिम तेस्रो स्थानमा छन् । उनले ३१७ मत प्राप्त गरे । यहाँ पहिलो दल एमाले उमेदवार सुहाङ नेम्वाङले ५८६ मत प्राप्त गर्दा कांग्रेसको उमेदवार डम्बर खड्काले ३५१ मत पाए ।

गाउँपालिकामा ६ वडा रहेको छ । वडा नम्बर ३ मा सुहाङले ५१९, खड्काले ३१३ तथा थेगिमले ६४० मत पाए । वडा नम्बर ४ मा एमाले ४१६, कांग्रेस ११८ तथा मुडाले १६२ मत प्राप्त गर्‍यो । वडा नम्बर ६ मा भने अवस्था उल्टियो । थेगिमले ११६ मत प्राप्त गर्दा सुहाङले ५९० तथा खड्काले २१३ मत प्राप्त गरे । माङ्सेवुङमा रास्वपा उम्मेदवार मिलन लिम्बुले २४३ मत प्राप्त गरे । त्यसपालिकामा १२ हजार ५३६ मतदाता रहेका छन् । निर्वाचन आयोगको अनुसार यहाँ ७ हजार २०५ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७