माछा पालक कृषकलाई अचार बनाउने तालिम


२७ माघ २०७९, शुक्रबार
fish
फाइल फोटो

दाङ । माछापालनमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देहीको छपियामा माछाको सीपमूलक अचार बनाउने तालिम सञ्चालन गरिएको छ ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय माछा पालक कृषकलाई सीपमूलक अचार बनाउने तालिम प्रदान गरिएको हो । तालिममा गाउँपालिका उपाध्यक्ष तारा थारूले सीपलाई व्यावसायिक रुपमा प्रयोग गर्नसके माछापालनबाट व्यवसायी बन्न सकिने बताइन् । उनले सीप सिकेर व्यवसायी बन्न चाहनेका लागि गाउँपालिकाले आर्थिक अनुदान समेत उपलब्ध गराउने सक्ने बताइन् ।

यसैगरी सियारी गाउँपालिका–४ का अध्यक्ष श्रीराम यादवले सीप सिकेर आत्मनिर्भर बन्न लाग्नुपर्नेमा जोड दिए । छपिया माछा अचार लघुउद्यम समूह, छपियाका अध्यक्ष बेलमाया थापा तालिमले सीप सिकेर व्यवसायी बन्न प्रेरित गरेको बताइन् । तालिममा माछाबाट बन्ने १० प्रकारको परिकारबारे सिकाइएको थियो ।

यसैगरी माछाको टाउकोमा अनेक मसलायुक्त सामग्रीको मिश्रणबाट माछाको छोप र अचार बनाउने सीप सिकाइको तालिममा सहभागी लक्ष्मी घिमिरेले बताइन् । रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया नेपालकै माछापालनमा पकेट क्षेत्र मानिन्छ । यहाँको माछा बुटवल, भैरहवा, पोखरा र काठमाडाैंलगायतका सहरमा पठाइन्छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७