सरकारले गर्‍यो बजेट संशोधन : दुई खर्ब ४४ अर्बले घट्यो आकार (पूर्णपाठ)


२९ माघ २०७९, आईतवार
Bishnu paudel

काठमाडौँ । सरकारले बजेटको आकार संशोधन गरेको छ । १७ खर्ब ९३ अर्ब विनियोजन गरे पनि मध्यावधि समीक्षामार्फत दुई खर्ब ४४ अर्बले आकार घटाइएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले १४ प्रतिशतले बजेटको आकार घटाएको संसदलाई जानकारी दिएका छन् । जसनुसार कुल बजेट आकार १५ खर्ब ४९ अर्ब रुपैयाँमा घटाइएको हो । ‘चालू खर्चतर्फ ११ अर्ब ८३ अर्ब २३ करोड सुरु विनियोजन भएकोमा १० खर्ब २१ अर्ब ९२ करोड संशोधित अनुमान छ’, मन्त्री पौडेलले भने । जुन सुरु विनियोजनको ८६.३७ प्रतिशत मात्र हो ।

यस्तै पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड सुरु विनियोजन गरिएकोमा सरकारले ३ खर्ब १३ अर्ब ८५ करोड मात्र हुने संशोधित अनुमान गरेको छ । यो भनेको सुरु विनियोजनको ८२.५१ प्रतिशत हो । त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड विनियोजन गरिएकामा २ खर्ब १४ अर्ब २१ करोड हुने संशोधित अनुमान गरेको पौडेलले उल्लेख गरे । जुन सुरु विनियोजनको ९३.०५ प्रतिशत हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७