कोरोनाविरुद्धको तीन लाख ४५ हजार बुस्टर खोप नेपाल आइपुग्यो


१ फाल्गुन २०७९, सोमबार
vaccine1676266187

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्धको बुस्टर डोज दिनका लागि नेपाल सरकारले फाइजर खोप ल्याएको छ ।
कोभ्याक्स सुविधामार्फत् ल्याउन लागिएको १५ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान तीन लाख ४५ हजार डोज खोप काठमाडौं ल्याइएको हो ।

बाँकी खोप फागुन ४, ८, ११ र १५ गते तीन लाख ४५ हजारका दरले क्रमश ल्याइने स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए ।

हाल ल्याइएको खोप १२ वर्षमाथिका दुई डोज पूरा गरेका नागरिकलाई दिने सरकारको तयारी छ । सो खोप ‘वाइभ्यालेन्ट’ ले ओमिक्रोन र यसका सब भेरियन्टहरुविरुद्ध पनि काम गर्ने बताइएको छ । हाललाई टेकुस्थित केन्द्रीय कोल्डचेनमा राखिएको खोप केही दिनभित्रै प्रदेशहरुमा पठाउने योजना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७