उपत्यकामा मंगलबारदेखि सार्वजनिक गाडी नचलाउने यातायात मजदुरको घोषणा

प्रदर्शनकारीले प्रहरीको गाडी जलाए, नौं प्रहरी घाइते, दुईको अवस्था गम्भीर


१ फाल्गुन २०७९, सोमबार
bus park

काठमाडौँ । यातायात मजदुरहरुले भोलि (मंगलबार) देखि काठमाडौं उपत्यकाको रुटहरुमा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायात मजदुरका तीन संगठनले सोमबार साँझ संयुक्त विज्ञप्ति निकालेर सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त गाडी नचलाउने घोषणा गरेका हुन् ।

बालाजुस्थित नयाँ बसपार्क चलाउँदै आएको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको आरोपमा मजदुरहरू आन्दोलित भएका हुन् । मजदुरहरुले बालाजु क्षेत्रस्थित सडकमा गाडी राखेर अवरोध गरिरहेका छन् । त्यसक्रममा प्रहरीसँग झडप हुँदा उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तको गाडी जलाई दिएका छन् । आफूहरुमाथि ठेकेदार कम्पनीका प्रतिनिधिले कुटपिट पनि गरेको बताउँदै मजदुरहरुले गाडी नचलाउने भनेका हुन् ।

यातायात मजदुर नेता भीम ज्वाला राईले आफूहरुमाथि आक्रमण भएको बताएका छन् । आफूहरुको १० बुँदे माग सार्वजनिक गर्ने कार्यक्रममा ल्होत्से कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल, हिमाल कुँवरसहित ३० जनाको समूहबाट आफूहरुमाथि आक्रमण भएकाले वाध्य भएर आन्दोलन गर्नु परेको राईले बताए ।

यसै विषयलाई लिएर आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता पनि भएको थियो । उक्त छलफलमा सहमति भएको बताइएको थियो । मजदुरहरुले ट्राफिक प्रहरीले ऐनविपरीत १५ सय जरिवाना असुलेको, चालकहरूको अनुमतिपत्र जथाभावी निलम्बन गरेको, प्रदूषणका नाममा मनोमानी रकम उठाएको आरोप लगाएका छन् । उनीहरुले आफ्ना माग पूरा गरिनुपर्ने बताएका थिए । तर सरकारले नसुनेको उनीहरुको गुनासो थियो ।
प्रदर्शनकारीले प्रहरीको गाडी जलाए, नौं प्रहरी घाइते, दुईको अवस्था गम्भीर
काठमाडौंको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच भएको झडपमा दर्जनौँ घाइते भएका छन् । कम्तिमा पनि ३० मजदुर घाइते भएको मजदुर संगठनका अध्यक्षहरुले जनाएका छन् भने प्रहरीतर्फ पनि ९ जना घाइते भएका छन् । झडपमा ९ जना प्रहरी घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको उपत्यकाका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले जानकारी दिएका छन् ।

1 6
2 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७