आन्दोलित यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता जारी


२ फाल्गुन २०७९, मंगलवार
barta2 DgnhVh6RUs

काठमाडौँ । सरकार र आन्दोलित यातायाता मजदुर तथा व्यावसायीको वार्ता शुरु भएको छ । ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता शुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ । यस्तै यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको समेत उपस्थिति छ । बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले यातायात व्यवसायीलाई वार्तामा बोलाएको हो ।

आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन ठप्प बनेको छ । आन्दोलनकारीलाई विवाह, बिरामी र विद्यार्थी बोकेको गाडी चल्न दिन निर्देशन दिइएको अखिल नेपाल यातायात मजदुर सङ्घ, बागमती प्रदेशको अध्यक्ष विष्णु गुरुङले जानकारी दिएका छन् ।

सोमबार ल्होत्से मलमा यातायात मजदुरहरूलाई कुटपिट भएपछि आन्दोलन शुरु भएको थियो । अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले आन्दोलनल्होत्सेविरुद्ध मात्र नभई उपत्यका ट्राफिक प्रहरीहरूविरुद्ध पनि भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७