सुगरका बिरामीले के खाने, के नखाने ?


१० बैशाख २०७५, सोमबार
madhumeha

काठमाडौं, १० बैशाख । सामान्यतः केरा स्वास्थ्यका लागि उपयोगी फल मानिन्छ । तर, यसमा हुने चिनीको मात्राका कारण मधुमेहका बिरामी खान डराउँछन् । किनभने, मधुमेहका बिरामीले खानपान नियन्त्रण गरेर ब्लड सुगरको मात्रालाई निरन्तर विचार पुर्‍याई रहनु पर्छ ।madhumehaकेरा पोटासियम, चिनी, फाइबर, भिटामिन बी ६, म्यागानिज, प्रोटिन जस्ता तत्वको खानी हो । तर, जब मधुमेहको कुरा आउँछ, केरामा भएको चिनीको मात्रा सबैभन्दा बढी बहसको विषय बन्छ । अर्थात् यसले शरीरमा चिनीको मात्र बढाई दिन्छ । स्वस्थ मानिसमा त प्याङ्क्रियाजमा उत्पादन हुने इन्सुलिनले सुगरको मात्रा नियन्त्रण गर्छ । तर, मधुमेहका बिरामीमा प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन भने भएका इन्सुलिन पनि प्रयोग गर्न सक्दैन । त्यसैले चिनीको मात्रा भएका खाद्य पदार्थ उपयोग गर्दा शरीरमा भएको ब्लड सुगरको मात्रा बढ्छ । केरा खाँदा पनि निश्चय नै ब्लड सुगरको मात्रा बढ्छ ।

तर, केरामा डाइटरी फाइबर हुन्छ, जुन अलग प्रकारको कार्बोहाइड्रेट हो र यसले ब्लड सुगरको मात्रालाई नियन्त्रणगर्छ। एउटा मध्यम खालको केरामा ६ ग्राम स्टार्च हुन्छ । केरामा फाइबर हुने हुनाले चिनीका कारण हुने ब्लड सुगरको समस्यालाई फाइबरले पनि समाधान गर्छ ।

के केरा खानु मधुमेहका रोगीलाई सुरक्षित छ ?

मधुमेहका रोगीले केरा खानु सुरक्षित छ । तर, यसका लागि एक दिनमा कति कार्बोहाइड्रेट खाइन्छ, त्यसमा भर पर्छ । एउटा केरामा दुई पिस पाउरोटीको स्यान्डबीचमा जत्तिकै कार्बोहाइड्रेट हुन्छ । अर्कोतर्फ मधुमेह गराउन भूमिका खेल्ने उच्च रक्तचाप हुनबाट जोगाउने काम पनि केराले गर्छ ।

यसमा पाइने पोटासियम, भिटामिन बी ६ र डाइटरी फाइबरका कारण केरा कुनै पनि खाद्य पदार्थसँग खान सकिने असल फल मानिन्छ । यदि, कुनै पनि खानामा उच्च ग्लाइसेमिक इन्डेक्स छ भने मधुमेहका रोगीका लागि सिफारिस गरिँदैन। तर, केराको ग्लाइसेमिक इन्डेक्स ४९ हुन्छ । त्यसैले यतिसम्मको अवस्थामा मधुमेहका रोगीका लागि केरा खान उपयुक्त मानिन्छ ।

कस्तो केरा खाने ?

–केरामा हुने सुगरको मात्रा घटाउन काँचो र आधा पाकेको खानु राम्रो हुन्छ । यो अवस्थामा केरामा स्टार्च मात्र हुन्छ, यही स्टार्च पछि सुगरमा परिवर्तन हुन्छ । यस्तो केरामा उच्च फाइबरको मात्रा हुन्छ भने सुगरको मात्रा कम हुन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७