बायर्न म्युनिखसँग पीएसजी स्तब्ध


३ फाल्गुन २०७९, बुधबार
psg

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टर फाइनलको पहिलो लेगमा पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा जर्मनीको बायर्न म्युनिखसँग पीएसजी १–० ले पराजित भएको हो । बायर्नलाई जिताउन किङ्सले कोम्यानले निर्णायक गोल गरे । उनले ५३ औं मिनेटमा अलफन्सो डाभिसको पासमा गोल गरेका थिए । अब दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७