जनमोर्चाले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


५ फाल्गुन २०७९, शुक्रबार
chitra bahadur

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज (शुक्रबार) बिहान ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितको संयुक्त टोलीले शुक्रबार बिहान बालुवाटार पुगेर प्रचण्डलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको हो ।

जनमोर्चाले गणतन्त्र, राष्ट्रियतालगायत समसामयिक विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो । टोलीमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट लगायतका नेता सहभागी छन् ।

अध्यक्ष केसीले मूल्यवृद्धि निरन्तर भए पनि सरकारले अनुगमन तथा नियन्त्रणमा उदासीन भएको बताएका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर भएर लागिरहेको बताएको बालुवाटार स्रोतले जनाएको छ ।

गत निर्वाचनमा पाँच दलीय गठबन्धनबाट निर्वाचन लडेको जनमोर्चा नयाँ सत्ता समीकरण बनेपछि सरकारमा सहभागी भएको छैन । प्रचण्डले विश्वासको मत लिँदा जनमोर्चा र नेमकिमाले विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७