कति छ आज सुन-चाँदीको भाउ ?


५ फाल्गुन २०७९, शुक्रबार
Gold 2

काठमाडौं । साताको छैटौं दिन आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रूपैयाँले घटेर एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार १० रूपैयाँले घटेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७