टर्की भूकम्प : ११ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार


५ फाल्गुन २०७९, शुक्रबार
Turkey111 bD4rnAHspS

काठमाडौं । टर्कीमा भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरिएको छ । उद्धारकर्मीले १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरिएको हो । टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा जानकारी गराएका छन् ।

उनले १३ वर्षीय उस्मानलाई उद्धारपछि स्ट्रेचरमा बोकिरहेको भिडियो पनि पोस्ट गरेका छन्। उनको हताय प्रान्तको अन्ताक्यास्थित अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताले भग्नावशेषमा आवाज सुनेपछि उस्मानलाई फेला पारेको सरकारी समाचार एजेन्सी अनादोलुले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेको छ ।

उद्धारकर्मीले बिहीबार नै अन्ताक्यामा २६ र ३३ वर्षका अन्य दुई जनालाई उद्धार गरेको कोकाले बताए । ११औं दिनमा उद्धार गरिएका २६ वर्षीय मेहमत अली साकिरोग्लु र ३३ वर्षीय मुस्तफा अव्सीलाई उस्मानलाई उद्धार गरिएकै स्थानको भवनको भग्नावशेषबाट उद्धार गरिएको डीएचए समाचार एजेन्सीले जनाएको छ ।

‘म ठीक छु, मलाई कुनै समस्या छैन,’ कोकाले सार्वजनिक गरेको भिडियोमा प्रियजनलाई कल गर्ने क्रममा अब्सीले भनेका छन् । अव्सीले आफ्नो उद्धारपछि आफ्नी आमाको अवस्थाबारे सोधेका थिए । भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७