राष्ट्रपतिबाट ३९५ कैदीबन्दीको सजाय माफी


६ फाल्गुन २०७९, शनिबार
Bidhya bhandari nepal 1

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जनाको सजाय माफी गरिदिएकी छन् ।
मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा शनिबारदेखि लागू हुने गरी विष्णुकुमार लिम्बु समेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले पुष्कर गौतमसहित अरु १४ जनालाई पनि सजाय माफी गरिदिएकी छन् । बिहीवार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा १४ जनाको सजाय माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गौतम ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भइ गएको माघमा सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएका व्यक्ति हुन् । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुतलबी, परिवर्तन वा कम गर्न सक्ने प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७