भूगोल इनर्जी डेभलपमेन्टको आइपीओ बिक्री खुला


८ फाल्गुन २०७९, सोमबार
IPO

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्टले आजदेखि स्थानीय तथा वैदेशिक रोजगारमा गएका नेपलीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी कम्पनीले आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीकाअनुसार स्थानीयका लागि जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । भने, वैदेशिक रोजागारमा गएकाहरुका लागि एक करोड ८ लाख ८१ हजार एक सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको छ ।

इनर्जीले स्थानीयका लागि एक सय रुपैयाँ अंकित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता एक सय रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । यस्तै, दैलेखस्थित नौमुलेद्वारीका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता र दैलेख जिल्लाका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।

फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो, अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले चैत १२ गतेसम्म आवेदन दिन पाउने छन् । स्थानीय बासिन्दाले एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७