नागार्जुनबाट आठ जना जुवाडे पक्राउ


१० फाल्गुन २०७९, बुधबार
juwa tas
सांकेतिक तस्वीर

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्धव मल्ल र सोही नगरपालिका–२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोजप्रताप थापासहित आठ जना रहेका छन् ।

उद्धव मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ६ सय रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७