शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई हरायो


१४ फाल्गुन २०७९, आईतवार
0 FBL ENG PR ARSENAL LEICESTER I1fNvDsbcK

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । गए राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोलले हरायो ।

आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरे । उनले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए । जितसँगै आर्सनलले २४ खेलमा ५७ अङ्क जोडेको छ । आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ५ अङ्कले अघि छ ।

गए राति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–१ गोलले हरायो । सिटीको २५ खेलमा ५२ अङ्क रहेको छ । त्यस्तै अरु खेलमा लिड्स युनाइटेडले साउथह्याम्पटनलाई १–० गोलले, वेस्ट ह्यामले नटिङ्घम फरेस्टलाई ४–० गोलले, एस्टनभिल्लाले एभर्टनलाई २–० गोलले हराएको छ ।

गए राति नै भएको खेलमा फुलह्याम र उल्भ्सले एक-एक गोलको बराबरी खेलेका छन् भने आज बिहान सकिएको खेलमा लिभरपुल र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७