प्यालेससँग लिभरपुलको निराशाजनक बराबरी


१४ फाल्गुन २०७९, आईतवार
thumb 3

काठमाडौं । लिभरपुलको इङलिस प्रिमियर लिगको शीर्ष चारको प्रयासमा शनिबार थप कमजोर भएको छ । क्रिस्टल प्यालेससँगको खेलमा लिभरपुलले निराशाजनक गोलरहित बराबरी खेलेपछि लिभरपुल सातौं स्थानमा रह्यो ।

यस नतिजापछि उसको ३६ अंक भएको छ । शनिबारका अन्य खेलमा उपाधि होडमा रहेका आर्सनल र म्यानचेस्टर सिटी दुवै विजयी रह्यो । आर्सनलले लेस्टर सिटीलाई १–० ले हरायो भने सिटी बर्नमाउथमाथि ४–१ ले विजयी रह्यो । आर्सनल ५७ अंकमा शीर्ष स्थानमा रहेको छ भने उसको पछाडि सिटीको ५५ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७