खराब मौसमले भिस्तारा र इण्डिगो एयर भारत ‘डाइभर्ट’, अरु आकाशमै फन्को मार्दै


१४ फाल्गुन २०७९, आईतवार
dasfmg1677409993

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण अहिले जहाजहरू अवतरण हुन सकेका छैनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ ।

कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् । मौसममा आएको खराबीका कारण जहाज अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । अहिले नेपाली आकाशमा तीन वटा अन्तर्राष्ट्रिय जहाजले ‘मिस्ट एप्रोज’ गरिरहेका छन् ।

कार्यालयका अनुसार अवतरण गर्न नसकी पुनः अवतरण गर्ने प्रक्रियालाई मिस्ट एप्रोज भनिन्छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण जहाजहरु अवतरण हुन नसकेका हुन् । अहिले आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न सकेका छैनन् । आज यस पटकको पहिलो हिउँदे वर्षा भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७