अस्ट्रेलिया छैटौं पटक महिला टी–२० विश्वकप क्रिकेटको च्याम्पियन, दक्षिण अफ्रिका पराजित


१५ फाल्गुन २०७९, सोमबार
austrilia

काठमाडौँ । अस्ट्रेलियाले छैटौँ पटक महिला टी–२० विश्व कप क्रिकेटको उपाधि जितेको छ । केपटाउनमा गए राति भएको फाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको हो । अस्ट्रेलियाले दिएको १ ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् ।

यस्तै चलोइ ट्रायनले २५, मरिजानी कप्पाले ११ र ताजमिन ब्रिटिसले १० रन बनाइन् । अस्ट्रेलियाका लागि मेगन स्कुट, एश गार्डनर, डारसी ब्राउन र जेस जोनासेनले एक-एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि बेथ मुनीले ७४ रनको योगदान गरिन् ।

यस्तै, एश गार्डनर २९, अलेसा हिलीले १८ तथा ग्रेस ह्यारिस र मेग लनिङले १०÷१० रन बनाए । दक्षिण अफ्रिकाका लागि मरिजानी काप र शवनिम स्मेलले समान २-२ विकेट लिए भने नोनकुलुलेको माल्बा र चलोइ ट्रयनले एक÷एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७