दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा


१६ फाल्गुन २०७९, मंगलवार
Bima

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँच जनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो संख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेकोे हो ।

हालसम्म पालिकाले एक सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशकुमार यादवले जानकारी दिए । दश वडा भएको पालिकाको वडा नं ८ बाहेक सबै वडाका दलित परवारको बीमा गरिएको उनको भनाइ थियो ।

गएको साउनदेखि पालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । ‘उत्पीडित र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति दिन यो सुविधा दिइएको हो’, उनले भने । उक्त पालिकाले आफ्ना पालिकामा कार्यरत अन्य ५२ महिला स्वास्थ्य स्वयंसेविकाहरुको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७