बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा साताको चौंथो दिन दिन आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रूपैयाँले बढेर एक लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार १५ रूपैयाँले बढेर १ हजार २७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।