आर्सनललाई ५ अंकको अग्रता, एभरटन पराजित


१८ फाल्गुन २०७९, बिहीबार
arsenal

काठमाडौँ । आर्सनलले इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा बुधबार पाँच अंकको अग्रता लिएको छ । इमिरेट्समा भएको खेलमा आर्सनलले रेलिगेसनबाट बच्न संघर्षरत एभरटनलाई ४–० ले हराएको हो ।

त्यसमा ग्याब्रिएल मार्टिनेलीले दुई तथा बुकाया साका र मार्टिन ओडगार्डले एक / एक गोल गरे । यो जितपछि आर्सनलको २५ खेलबाट ६० अंक भएको छ । समान खेल खेलेको म्यानचेस्टर सिटी ५५ अंकमा दोस्रो स्थानमा छ ।

एभरटन २१ अंकमा १८ औं स्थानमा छ । बुधबारकै अर्को खेलमा लिभरपुलले उल्भ्सलाई २–० ले हरायो र छैटौं स्थानमा उक्लिन सफल रह्यो । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि भर्जिल भान डाइक र मोहमद सलाहले गोल गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७