सुचिन्दा श्रेष्ठ र सन्जिबको म्युजिक भिडियो ‘तिमी मेरो’ ले कमाउँदै चर्चा (भिडियो)


२० फाल्गुन २०७९, शनिबार
mu

काठमाडौं । नायक तथा मोडल सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दा श्रेष्ठको गीतको म्यूजिक भिडियोले दर्शक /स्रोताको चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोमा मोडलको भूमिका समेत आफै निभाएकी गायिका सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ बोलको गीत भावसागर युट्युव च्यानलबाट रिलिज भए लगत्तै नेपाली दर्शक/स्रोताको मन जितेको हो ।

अहिले उक्त गीत र भिडियोमा गरिएको मेहनतको चर्चा बढिरहेको छ । ‘कालो केशमा रेलिमाई’, ‘फुलबुट्टे सारी’, ‘गाजल ‘टीकी’ जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडल तथा नायक सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दा श्रेष्ठ सशक्त अभिनय समेत गरेका छन् ।

भिडियोले युवाहरुमा देखिएको विदेश मोहलाई देखाइएको छ । म्युजिक भिडियोमा तीन बर्षदेखि बिदेशमा रहेका प्रेमी (सन्जिब थेबे लिम्बू) लाई कुरिरहेकी प्रेमिका (गायिका तथा मोडल सुचिन्दा श्रेष्ठ) बीचको प्रगाढ प्रेमभावलाई रोमान्टिक र संयोगान्त कथाको माध्यमबाट सन्देशमुलक बनाउन सफल भएका छन् चर्चित निर्देशक राजेशपुमा राई ।

वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा रहेको ‘तिमी मेरो’ बोलको गीतलाई गायिका सुचिन्दा श्रेष्ठले युवा उमेर समूहलाई लक्षित गर्दै ‘वेस्टर्न पप जनरा’ मा गाएकी छन् । गायन, नृत्य र कलामा सानैदेखि अब्बल सुचिन्दा श्रेष्ठको यसअघि ‘एकचोटी आई देऊ न’ बोलको गीत हाईलाइट्स नेपाल युट्युब च्यानलबाट रिलिज भइसकेको छ । गायिका श्रेष्ठ बुढानिलकण्ठ बीएनकेस, रातो बंगला स्कुल हुँदै कुसुमबाट भर्खरै उत्कृष्ट ग्रेडमा बीबीए सकेर एमबीए अध्ययनको तयारीमा छिन् ।

गीतको संगीत चर्चित संगीतकार तथा गायक अमन प्रधानले गरेका हुन । एरेञ्ज /मिक्स माष्टर राहुल प्रधानले गरेका छन् । गीतको रेकर्डिङ बी माईनर स्टुडियोमा गरिएको हो । भिडियोमा उत्सब दहालको क्यामेरा, अस्मिता राईको मेकअप, असिम रानाभाट स्टाईलिस, दिपेन माईकल प्रोडक्सन र बिकास दहालले एडिट गरेका छन् । ताप्लेजुङको श्रीजंघा–१ सिनाममा जन्म भई हाल हङकङलाई कर्म थलो बनाइरहेका समाजसेवी वसन्त थेवे यस म्युजिक भिडियोका निर्माता हुन् ।

दिनेश लिङ्देनद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘शान्ति’ मा नायक सुशील क्षेत्रीसँगै मुख्य भूमिकामा अभिनय गरिसकेका नायक तथा मोडल सन्जिब थेबेले अन्य केही म्युजिक भिडियोमा समेत आफ्नो अभिनयमार्फत नेपाली दर्शक स्रोतामा दर्बिलो उपस्तिथि जनाईसकेका छन् । मोडल तथा नायक सन्जिब थेबे लिम्बू हङकङमा कलेज अध्ययन् उतै होटेलमा सहायक म्यानेजर पदमा कार्यरत छन् ।

गायक तथा संगीतकार अमन प्रधान अन्तर्राष्ट्रिय भाषा तथा सँस्कृति पर्व २०१५ मा नेपालको प्रतिनिधित्व गर्दै जर्मनी, रोमानिया, बेल्जियम, टर्की जस्ता मुलुकहरूमा विश्वभरीका प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गरिसकेका छन् । उनले दर्जनौ गीतमा संगीत र स्वर दिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७