कपिलवस्तुमा सेफ्टी ट्याङ्कीभित्र महिलाको शव फेला, हत्याको आशंका


२० फाल्गुन २०७९, शनिबार
mahila death kapilbastu

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा हाट बजार छेउमा शनिबार दिउँसो निर्माणाधीन रिफ्रेस सेन्टरको सेफ्टी ट्याङ्कीमा सडे गलेको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

सेफ्टी ट्याङ्कीमा महिलाको शव भएको जानकारी पाए लगत्तै जिल्ला र वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली घटनास्थल पुगेको थियो । प्रहरी नायब उपरीक्षक मीनबहादुर घलले सेफ्टी ट्याङ्कीभित्र महिला जस्तो देखिने शव फेला परेको जानकारी दिएका छन् ।

घटनास्थल पुगेका प्रहरीले ट्याङ्की फुटाएर शव निकाल्ने प्रयास गरिरहेको उनले जानकारी दिएका छन् । शव सडेगलेकाले त्यसको दुर्गन्ध समेत आइरहेको छ । शवको पहिचान नभएको र हत्या गरी फालिएको आशंका गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७