आर्सनलको पुनरागमन जित, बर्नमाउथ ३–२ ले पराजित


२१ फाल्गुन २०७९, आईतवार
arsenal 88Kko583nf

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले पुनरागमन जित निकालेको छ । गए राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले हराएको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले जित निकालेको हो ।

खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा मार्कोस सेनिसीले गोल गरी २–० को अग्रता बनाए । तर खेलको ६२ औं मिनेटमा आर्सनलका थोमस पार्टी, ७०औं मिनेटमा बेन ह्वाइट र खेलको इन्जुरी समयमा रेइस नेल्सनले गोल गरेपछि आर्सनल विजयी भयो । जितसँगै आर्सनलको २६ खेलमा ६३ अङ्क भएको छ । आर्सनल शीर्ष स्थानमा कायमै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७