राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा ढुंगाना


२१ फाल्गुन २०७९, आईतवार
Rajendra Dhungana

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना चयन भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौं जिल्ला सम्मेलनले ढुंगानालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

जनमोर्चाको उपाध्यक्षमा खिम बिक्रम शाही र सचिवमा भीमलाल पोखरेल सर्वसम्मत निर्वाचन भएका छन् । पोखरेल सचिवमा दोहोरिएका हुन् । यस्तै सहसचिवमा शान्तकला शर्मा र कोषाध्यषमा दिपक थापा चयन भएका छन् ।
अधिवेशनले ३५ सदस्य जिल्ला कार्यसमिति सहित ११२ सदस्य बैकल्पिक सदस्य, ११ सदस्य सल्लाहकार समिति चयन गरेको छ ।

जिल्ला कमिटी सदस्यहरूमा कृष्ण पौडेल, नेत्र बहादुर बुढाथोकी, थानेश्वर सुवेदी, दिल बहादुर श्रीस, लक्ष्मण पुन, धनबहादुर अदै, हरि बहादुर थापा, लोकनाथ शर्मा, तिर्थसिंह थापा, बोमबहादुर थापा, थम्मन घर्ती मगर, पदम श्रेष्ठ, ठाकुर शर्मा, बिष्णु बस्नेत, पनबहादुर बिक, योगेन्द्र पौडेल, गोपाल पौडेल, रुद्रा केसी, समन्ता सलामी, उमाकान्त गौतम, टिकासंगम बिक, खडक बिक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र इश्वरमान बिक चयन भएका छन् ।

यस्तै वैकल्पिक जिल्ला सदस्यमा प्रेम प्रसाद गौतम, पुनीकला बुढा, प्रेमबहादुर रोका, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिंह थापा, जंगबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवी खत्री र पूर्णबहादुर परियार चयन भएका छन् ।

सल्लाहकारहरूमा निर्वतमान अध्यक्ष अमर थापा, नरबहादुर पुन, काजीगाउँले श्रेष्ठ, तिलक थापा, टंकबहादुर केसी, टेकबहादुर आर.सी, भीमसेन वन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ्वीबहादुर श्रीष र टीकाराम शर्मालाई चयन गरिएको अध्यक्ष ढुंगानाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७