२२ किलो सुन तस्करीका नाइके त्रिभुवन विमानस्थलबाटै समातिए


१२ बैशाख २०७५, बुधबार
gold taskari

काठमाडौं, १२ वैशाख । प्रहरीले खोजी गरिरहेका २२ किलो सुन तस्करीका मुख्य नाइकेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् ।gold taskari

सुन तस्करीका नाइके चिनियाँ नागरिक जे झोङलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले विमानस्थलबाट मंगलबार बिहान पक्राउ गरेको हो ।

प्रहरीले गत भदौमा रसुवा हुँदै भारत तस्करी गर्न लागेको १५ किला सुनसहित सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, काठमाडौँका ३९ वर्षीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षिय दीपककुमार शाहलाई पक्रेको थियो । त्यतिबेला २२ किलो सुन रसुवाबाट तस्करी गर्न लागिएको भनिए पनि प्रहरीले भने १५ किलो मात्र बरादत गरेको थियो । बाँकी सुन उनीहरुले भारत पठाइसकेको प्रहरीले दावी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७