चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एकसिङ्गे गैंडा मृत फेला


२५ फाल्गुन २०७९, बिहीबार
rhino 3FLphCtVQ0
फाइल फोटो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटिएको छ । हिजो बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले अमलाटारी सेक्टर अन्तर्गत शेरी पोस्ट नजिक कोर क्षेत्रमा अन्दाजी २० वर्षको एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार आपसमा जुधेर गैँडा मरेको अनुमान छ । यो सँगै चालु आर्थिक वर्ष २०७९÷८० मा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज मध्यवर्ती क्षेत्रमा मर्ने गैँडाको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७