क्यालिफोर्नियामा डुंगा दुर्घटना, आठ जनाको मृत्यु


२९ फाल्गुन २०७९, सोमबार
dunga 1

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा पल्टिँदा आठ जनाको मृत्यु भएको छ । दुई वटामध्ये एउटा डुंगामा सवार यात्रु मात्रै भेटिएका छन् । अर्को डुंगामा पनि आठदेखि दश जनासम्म रहेको अनुमान गरिएको बीबीसीले जनाएको छ ।

खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्यान्डले दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दुर्घटना के कारण भयो स्पष्ट हुन सकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७