नेपालले कटायो २०० रन


२ चैत्र २०७९, बिहीबार
cricket 3
फाइल फोटो

काठमाडौं । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालले २०० रन कटाएको छ । ३७ ओभरमा पाँच विकेटको क्षतिमा नेपालले दुई सय सात रन बनाएको छ ।

अहिले क्रिजमा आरिफ सेख र गुल्सन झा संघर्ष गरिरहेका छन् । आरिफले ५४ बलमा ४३ रन बनाएका छन् । गुल्सन २५ बलमा १४ रन बनाएर खेलिरहेका छन् । यी दुईबीच २७ रनको साझेदारी भएको छ । नेपालले ३० औं ओभरको अन्तिम बलमा भीम सार्कीलाई गुमाएको थियो । ७६ बल सामना गरेका भीमले ६७ रन बनाए । उनले नौ चौका प्रहार गरे ।

विशाल लक्ष्य पछ्याउने क्रममा धर्मराएको नेपाली ब्याटिङ अर्डरलाई सम्हाल्ने क्रममा भीम र आरिफ सेखबीच ९१ रनको साझेदारी बन्यो । यसबीच भीमले करिअरको दोस्रो अर्धशतक प्रहार गरे । आठौँ एकदिवसीय म्याच खेलिरहेका भीमले ६० बलमा ५० रन पूरा गरेका थिए । हजरत विलालको बलमा एक रन लिँदै उनले महत्वपूर्ण अर्धशतक पूरा गरेका थिए । नेपाललाई लक्ष्यतर्फ डोर्याइरहेका वेला जुनैद सिद्धिकीले भीम र आरिफको साझेदारी तोडे । जुनैदले नै यसअघि कुशल भुर्तेल र कुशल मल्लको विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७